काे हुन् नवलपुर २ क का गठबन्धनका उम्मेद्वार साेम सिर्पाली ?
लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट नवलपुर २ क का उम्मेद्वार रहेका सोम सिर्पाली कावासोती १६ डण्डाका स्थायी बासिन्दा हुन् । वि स २०३५ साल जेठ १९ गते साविक अग्यौली गा वि स वडा नं. ९ (जुन अहिले कावासोती १६ मा पर्दछ) मा जन्मनु भएका सौगम कुमार सिर्पाली विश्वकर्मा जसलाई सोम सिर्पाली भनेर चिनिन्छ एक इमान्दार र सादगी नेता हुन् । कावासोती १६ लाई नै स्थायी बसोबास बनाउँदै आउनु भएका सिर्पाली जनता माध्यमिक विद्यालयमा माध्यमिक शिक्षा पुरा गरी बिरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा उच्च शिक्षा हासिल गर्नु भएको थियो । एक छोरा र एक छोरीका बाबु सिर्पालीले अन्तरजातीय विवहा गर्नु भएको हो । पाँच दाजुभाई मध्येका माईला छोरा सोम घर परिवार र छिमेकमा निकै प्रिय छन् । उहाँको श्रीमती र दुई भाई शिक्षक हुनुह्न्छ जसले उहाँहरु शिक्षित परिवारको हुनुहुन्छ भन्ने प्रमाणित गर्छ । सोम सिर्पाली आफैले पनि आफूलाई किसानी भन्न रुचाउनु हुन्छ ।
सोम सिर्पाली किसानी भइकन पनि आफूलाई सामाजिक कार्यमा पनि उत्तिकै सक्रियता देखाउनु भएको छ ।
१२ बर्ष शिक्षण पेशामा रहनु भएका सिर्पाली पछिल्लाे समय भने भैसी फर्म सञ्चालन गर्दै आउनु भएको थियो । वि स २०५४ देखि २०६७ सालसम्म शिक्षकरूपमा जनता नि मा वि टाँडी र शान्ति किरण बाेर्डिङ्गमा अाबद्ध हुनुहुन्थ्याे । वि स २०५६ सालमा देवचुली अंग्रेजी स्कुलका प्रिन्सिपल समेत हुनु भएकाे थियाे ।
उहाँ विभिन्न सामाजिक संघ संस्थामा पनि अावद्ध हुनु हुन्छ । नवलपुर बहुमुखी क्याम्पसकाे संस्थापक सदस्य (२०६४ देखि हालसम्म) हुनुहुन्छ । नवलपुर बहुमुखी क्याम्पसकै भवन निर्माण उपसमितिकाे संयाेजक भई भवन निर्माण कार्य सम्पन्न गर्नु भएका सिर्पाली अग्याैली साना किसान कृषि तथा सहकारीकाे २०७६ देखि हालसम्म सल्लाहाकारकाे रूपमा हुनुहुन्छ । त्यसै कावासाेती १६ मा रहेकाे दलित सामुदायिक विकास केन्द्र डण्डाकाे २०६४ देखि हालसम्म सल्लाहाकार हुन्छ भने त्यही रहेकाे सनलाईट सामुदायिक विकास केन्द्रकाे संस्थापक सदस्यदेखि अध्यक्षसम्म हुनुभएकाे छ । वि स २०७४मा बाईसघरे टाेल विकास संस्थाका अध्यक्ष रहेका सिर्पालीले कावासाेती नगरकै नमुना बाटाे ( गैडाचाेकदेखि अमलटारी ) काे निर्माण गरेर अाफूलाई अब्बल बनाएका छन् ।
उहाँकाे राजनीतिक ईतिहासलाई काेट्टाउने हाे भने २०४८ सालमा कक्षा ८ पढ्दा अनेरास्ववियू ( क्रान्तिकारी ) काे ईकाई सदस्य, ०५० मा ईकाई अध्यक्ष, ०५२ मा जिल्ला अध्यक्ष समेत भईसक्नु भएकाे छ । २०५४ सालमा अखिल नेपाल जनवादी युवा लिगकाे नवलपरासी जिल्ला अध्यक्ष भएका सिर्पालीले साेही सालमा नेकपा ( एकता केन्द्र ) काे पार्टी सदस्यता प्राप्त गर्नु भएकाे थियाे । अखिल नेपाल बुद्धिजीवी संगठनकाे जिल्ला सदस्य समेत रहनु भएका सिर्पाली २०५६ सालमा अखिल नेपाल शिक्षक संगठनकाे जिल्ला सदस्य हुनुहुन्थ्याे । २०५५ सालमा जनमाेर्चा नेपालकाे जिल्ला कमिटि सदस्य रहनु भएकाे उहाँ २०६० सालमा सालमा नेकपा एकता केन्द्र (मसाल) काे जिल्ला कमिटि सदस्य हुँदै २०६५ मा एकीकृत नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी)काे जिल्ला कमिटि सदस्य हुनुहुन्थ्याे । त्यस्तै २०६३ मा अखिल नेपाल जनवादी युवा संघकाे केन्द्रीय सदस्य हुँदै ०६५ मा याेङ्ग कम्युनिष्ट लिग नेपालकाे केन्द्रीय सदस्य हुनुभयाे । २०५७ मा दलित मुक्ति संगठनकाे जिल्ला सचिव हुँदै २०६६ मा दलित मुक्ति माेर्चाकाे अवध राज्य सदस्य हुनुभएकाे थियाे ।
वि स २०७८ मा माअाेवादी केन्द्र कावासाेती नगर समितिकाे सचिव रहनु भएकाे उहाँ २०७८ मा नै गण्डकी प्रदेशकाे पार्टी प्रदेश समिति सदस्यकाे प्रस्तावित सदस्यकाे रूपमा हुनुहुन्छ ।
सादा जीवन उच्च विचार राख्ने एक ईमान्दार, सच्चा र स्वच्छ छवि भएका सिर्पाली सबैकाे प्रिय र मिलनसार हुनुहुन्छ ।
२०७९ काे अाम निर्वाचनमा नवलपुर क्षेत्र नं.२ क काे प्रदेश सभामा प्रत्यक्षतर्फ माअाेवादीकाे केन्द्रबाट पाँच दलीय गठबन्धनकाे समर्थनमा चुनाव लड्दैहुनुहुन्छ ।