Shivam

प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचन पर्यवेक्षण सम्वन्धि एक दिने अभिमुखीकरण तालिम कावासोतीमा सम्पन्न

0
Burger

२९कार्तिक २०७९
प्रितम भुजेल । कावासोती ।

आसन्न २०७९ मंसिर ४ गते हुनगइरहेको प्रतिनिधिसभा तथा प्रदेससभा सदस्स निर्वाचन-२०७९ को पूर्व संघारमा निर्वाचन आचारसंहिता २०७९, पर्यवेक्षण संस्था पर्यवेक्षक को आचारसंहिता तथा दायित्व, प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचन-२०७९ संवैधानिक एवम् कानूनी व्यवस्था निर्वाचन प्रणाली र निर्वाचन कार्यक्रमको सन्दर्भमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नवलपुरद्वारा आयोजित एकदिने अभिमुखिकरण तालिम कावासोती स्थित फुलमुन होटलको सभाहलमा भव्यरुपमा सम्पन्न भएको छ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक ) को केन्द्रिय कार्यालयको आर्थीक सहयोग एवम् राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नवलपुरको पहलमा यस नवलपुर जिल्लामा नियुक्त छोटो अवधिका पर्यवेक्षकहरुलाइ लक्षित गरी एक दिने अभिमुखीकरण तालिम सम्पन्न गरिएको हो ।
आसन्न २०७९ मंसिर ४ गते हुनगइरहेको प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचन-२०७९ को औचित्यता ,निर्वाचनको महत्व र निर्वाचनको गरिमा साथै लोकतन्त्रको गहना निर्वाचन रहेकाले पर्यवेक्षकहरुले निर्वाचनको सहि पर्यवेक्षण गर्नु जरुरि रहेको कुरामा विशेष जोड दिदै कार्यक्रमका सभा अध्यक्ष अधिवक्ता चुडा ब.आलेले तालिममा सहभागी पर्यवेक्षक हरुलाइ प्रष्टाउनु भएको थियो भने त्यसै गरि निर्वाचन आचारसंहिता २०७९,
निर्वाचन स्वच्छ, स्वतन्त्र ,निष्पक्ष र विश्वसनीय बनाउन पर्यवेक्षण संस्था पर्यवेक्षकको आचारसंहिता तथा दायित्व , प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचन-२०७९ संवैधानिक एवम् कानूनी व्यवस्था निर्वाचन प्रणाली र निर्वाचन कार्यक्रम को सन्दर्भमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नवलपुरका सचिव सहजकर्ता प्रितम भुजेलले सहजिकरण गर्नु भएको थियो
थियो । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नवलपुरका अध्यक्ष  एवम् नवलपुर जिल्ला अदालत बार ईकाइ कार्यसमिति सचिव अधिवक्ता चुडा बहादुर आलेको अध्यक्षता रहेको कार्यक्रमको संचालन राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नवलपुरका सचिव सहजकर्ता प्रितम भुजेलले गर्नु भएको थियो । जसको प्राविधिक व्यवस्थापन अधिवक्ता प्रकास सापकोटा ले गर्नु भएको थियो भने स्वागत मन्तव्य राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नवलपुर का उपाध्यक्ष प्रमिला थापा ले राख्नु भएको थियो ।।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।