Shivam

साना किसान कृषि तथा सहकारी, अग्याैलीकाे क्षेत्रगत रूपमा साधारण सभा जारी

0
Burger

कावासाेती । ६ पुष ।                                           साना किसान कृषि तथा सहकारी संस्था लिमिटेड अग्याैलीकाे क्षेत्रगत रूपमा कावासाेती क्षेत्रकाे २६ अाैं बार्षिक साधारण सभा अाज कावासाेतीमा सम्पन्न भएकाे छ ।

संस्थाकाे यसअघि नै पाैष ३ गते अन्तरसमूह ४,५ र ६ काे साधारण सभा कावासाेती १५ मा सम्पन्न भईसकेकाे छ । त्यसैगरी अाउने ९ गते अन्तरसमूह १२ काे हुप्सेकाेटमा र १४ गते केन्द्रीय कार्यलय रहेकाे अग्याैली १४ मा साधारण सभा हुँदैछ ।
यस संस्थामा ५००० शेयर सदस्यहरू रहेका छन् । संस्थाले ३० कराेड बचत गरेकाे छ भने ७० कराेडकाे लगानी गरेकाे छ । संस्थाले यस बर्ष मात्रै १ कराेड ५८ लाख फाईदा गरेकाे छ ।

संस्थाका अध्यक्ष हरि बहादुर बस्नेतकाे अध्यक्षता र युवा तथा साना व्यवसायी स्वराेजगार काेष, नवलपुरका सदस्य सचिव प्रितम भूजेलकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।