साना किसान अग्याैलीकाे लालुपाते सेवा केन्द्रकाे साधारण सभा सम्पन्न
हुप्सेकाेट, ९ पाैष । साना कृषि तथा सहकारी संस्था लिमिटेड अग्याैलीकाे २६ अाैं साधारण सभा अन्तर्गतकाे हुप्सेकाेटमा रहेकाे लालुपाते सेवा केन्द्रकाे बार्षिक साधारण सभा अाज गिरूवारीमा सम्पन्न भएकाे छ ।
संस्थाकाे यसअघि नै पाैष ३ गते अन्तरसमूह ४,५ र ६ काे साधारण सभा कावासाेती १५ गाेडारमा सम्पन्न भईसकेकाे थियाे । त्यसैगरी पाैष ६ गते अन्तरसमूह १३ काे कावासाेती खानेपानीमा भएकाे थियाे भने १४ गते केन्द्रीय कार्यलय रहेकाे अग्याैली १४ मा साधारण सभा हुँदै छ ।
यस संस्थामा ५००० शेयर सदस्यहरू रहेका छन् । संस्थाले ३० कराेड बचत गरेकाे छ भने ७० कराेडकाे लगानी गरेकाे छ । संस्थाले यस बर्ष मात्रै १ कराेड ५८ लाख फाईदा गरेकाे छ ।
संस्थाका अध्यक्ष हरि बहादुर बस्नेतकाे अध्यक्षता र हुप्सेकाेट गाउँपालिकाका अध्यक्ष तथा राष्ट्रिय पालिका संघ अध्यक्ष लक्ष्मी पाण्डेकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
संस्थाका उपाध्यक्ष शारदा पाण्डेकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रममा अध्यक्षले बार्षिक प्रतिवेदन र लेखा सदस्य गुरूप्रसाद सुवेदीले अार्थिक प्रतिवेदन प्रस्तुत् गर्नु भएकाे थियाे ।
संस्थाकाे लालुपाते सेवा केन्द्रमा करिब १३ सदस्य रहेका छन् । संस्थाले चाँडै नै कावासाेती र गाेडारमा थप सेवा केन्द्र थप्ने जनाईएकाे छ । कार्यक्रमकाे सहजीकरण संस्थाका व्यवस्थापक तेजेन्द्र महताेले गर्नु भएकाे थियाे ।