१३० अाै माअाे दिवशमा नयाँ कदम पत्रिकाकाे तेस्राे अंक लाेकार्पण
कावासाेती । ११ पौष ।
कम्युनिष्ट पार्टीका नेता माअोको १३० अाैं जन्म जयन्तीकाे अवसरमा जन्म दिवस तथा नयाँ कदमकाे अंक ३ काे लाेकार्पण कार्यक्रम कावासाेतीमा सम्पन्न भएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माअाेवादी केन्द्रका पाेलिटब्युराे सदस्य तथा राष्ट्रिय सभा सदस्य सुरेश अाले मगरले माअाेले देखाएकाे बाटाेमा नेपालका कम्युनिष्टहरू नलागेका बताउनु छ । कम्युनिष्टहरूकाे कुनै जात,जाती र धर्म नहुने हुँदा कसैलाई पनि जातीय रूपमा, धार्मिकरूपमा विभेद गर्न नहुने बताउनु भएकाे थियाे । नेपालका कम्युनिष्ट पार्टीका नेताहरूलाई माअाे जस्ताे हुन सुझाव दिनु दिनुभएकाे थियाे ।
२०२९ सालमा पहिलाे अंक प्रकाशित भएकाे नवलपरासी जिल्लाकै पहिलाे साहित्यिक पत्रिका नयाँ कदमकाे तेस्राे अंक लाेकार्पण पनि गरिएकाे छ । यसकाे प्रधान सम्पादकमा पतिराम थनेत र सम्पादकमा अर्जुन अविरल रहनु भएकाे छ । याे अंकलाई पुष्पलाल स्मृति प्रतिष्ठान, नवलपुर शाखाले प्रकाशन गरेकाे हाे । ययययसकाे दाेस्राे अंक २०३८ सालमा प्रकाशन भएकाे थियाे । ४१ बर्षपछि तेस्राे अंक प्रकाशन भएकाे हाे । जसलाई साेमबार साेही कार्यक्रममा लाेकार्पण गरिएकाे छ।
कार्यक्रममा माअाेवादी केन्द्रका पाेलिटव्यूराे सदस्य किशन शर्मा, माअाेवादी केन्द्रका गण्डकी प्रदेश सांसद रितु रूचाल, नेकपा एकीकृत समाजवादीकाे अनुशासन विभागका केन्द्रीय सदस्य धनञ्जय शर्मा, राष्ट्रिय एकता अभियानकाे केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश ईञ्चार्ज दुर्गा भण्डारी, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य दिपक लम्साल, नेपाली काँग्रेसका नेता दुर्गा बहादुर राना, स्वतन्त्र बाम बिश्लेषक तुलसी भूषाल, जनमाेर्चा नेपालका जिल्ला अध्यक्ष दिपक पाण्डे, रा प्र पा नेपालका पूर्व जिल्ला अध्यक्ष लाेकनाथ लामिछाने लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।
पुष्पलाल स्मृति प्रतिष्ठान, नवलपुरका अध्यक्ष धर्मबहादुर केसीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सहजीकरण संस्थाका सचिव गणेशमान महताेले गर्नु भएकाे थियाे ।