साना किसान अग्याैलीकाे २६ अाैं साधारण सभा सम्पन्न
कावासाेती, १४ पाैष । साना किसान कृषि तथा सहकारी संस्था लिमिटेड अग्याैलीकाे २६ अाैं साधारण सभा अाज कावासाेती १४ मा रहेकाे मुख्य कार्यलयकाे परिसरमा सम्पन्न भएकाे छ ।
संस्थाकाे यसअघि नै पाैष ३ गते अन्तरसमूह ४,५ र ६ काे कावासाेती १५ गाेडारमा, पाैष ६ गते अन्तरसमूह १३ काे कावासाेती खानेपानीकाे सभाहलमा र अन्तरसमूह १२ तथा हुप्सेकाेटमा रहेकाे लालुपाते सेवा केन्द्रकाे ९ गते गिरूवारीमा क्षेत्रिय रूपमा बार्षिक साधारण सभा सम्पन्न भएकाे थियाे । मुख्य कार्यलय रहेकाे कावासाेती १४ मा अाज बाँकी रहेका अन्तरसमूह र भईसकेकाकाे प्रतिनिधि सहित सम्पन्न भएकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथि रहनु भएका साना किसान विकास लघुवित्त वित्तिय संस्था, बुटवलका ईलाका प्रबन्धक गणेश प्रसाद भट्टराईले देशकाे अर्थतन्त्रलाई बुझेर काम गर्न अनुराेध गर्नु भएकाे छ । अहिले मुलुककै अर्थतन्त्र अप्ठ्याराे स्थितिमा रहेकाले सहकारीहरूलाई पनि अप्ठ्याराे परेकाे छ । कृषकले अावश्यक पर्ने ऋणभन्दा धेरै ऋण लिएकाेले जाेखिममा परेकाे बताएका छन् ।
संस्थाका अध्यक्ष हरिबहादुर बस्नेतले प्रगति प्रतिवेदन गर्दै अागामी याेजनामा गाउँ गाउँमा सहकारी शिक्षा, महिला दिदीबहिनीहरूलाई बचत गर्न सिकाउने, केटाकेटीहरूकाे खाजा घरमै बनाउने, सीपमुलुक तालिमहरू सञ्चालन गर्ने, कृषकलाई मल वितरण गर्ने, एग्राेभेट सञ्चालन गर्ने, कृषकले उत्पादन गरेका तरकारीकाे बजार ग्यारेन्टी गरिदिने, ट्याक्टर खरिद गरी किसानलाई सस्ताेमा खेत जाेतिदिने लगायतका याेजना प्रस्तुत गर्नु भएकाे थियाे । त्यसैगरी कावासाेतीमा र गाेडारमा नयाँ शाखा स्थापना गर्ने अध्यक्षकाे प्रतिवेदनमा जनाईएकाे छ ।
संस्थाले सदस्यहरूलाई विना धिताे १ लाख रूपैयाँ र धिताेमा २० लाख दिईरहेकाे छ भने कृषि ऋणमा ५० लाख रूपैयाँसम्म ऋण दिन सुरू गरेकाे संस्थाकाे प्रतिवेदनमा जनाईएकाे छ । त्यसैगरी संस्थाले माेवाईल बैङ्किङ्ग सेवा, विजुली, पानीकाे विल भुक्तानी गर्न नयाँ सफ्ट्वेयर जडान गरेकाे बताईएकाे छ ।
संस्थाले अाफ्ना सदस्यहरू काेही
क्यान्सर राेगी, मुटुराेगी, दिर्घराेगीहरू भए जनही नगद १०,०००/ राहात दिएकाे, सदस्यकाे मृत्यु भएमा बिमा मार्फत मृतक राहात काेष अन्तर्गत ५०,०००/ पचास हजार दिने गरेकाे जनाएकाे छ ।
यस संस्थामा ५००० शेयर सदस्यहरू रहेका छन् । संस्थाले लगभग ३० कराेड बचत गरेकाे छ भने ६५ कराेडकाे लगानी गरेकाे छ । संस्थाले यस बर्ष मात्रै १ कराेड ५८ लाख फाईदा गरेकाे जनाईएकाे छ ।
कार्यक्रममा जिल्ला कृषि सहकारी अध्यक्ष सविना अधिकारी, साना किसान, अग्याैलीका पूर्व अध्यक्ष पतिराम थनेत लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।
संस्थाका उपाध्यक्ष शारदा पाण्डेकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रममा लेखा संयाेजक कमला श्रेष्ठले अार्थिक प्रतिवेदन प्रस्तुत् गर्नु भएकाे थियाे ।
विभिन्न विधामा विभिन्न किसानहरूलाई सम्मान गरिएकाे कार्यक्रमकाे सहजीकरण संस्थाका व्यवस्थापक तेजेन्द्र महताेले गर्नु भएकाे थियाे ।।