अनेरास्ववियू (क्रान्तिकारी) नवलपुरकाे जिल्ला संयाेजकमा सनराेज भण्डारी

कावासाेती, ३० पाैष ।
माअाेवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी), नवलपुरकाे जिल्ला संयाेजकमा सनराेज भण्डारी चयन भएका छन् । कावासाेतीस्थित जिल्ला पार्टी कार्यलयमा अाज सम्पन्न भएकाे बैठकले भण्डारीलाई संयाेजक ताेकेकाे हाे । गैडाकाेट निवासी भण्डारी यस अघि जिल्ला उपाध्यक्ष रहेका थिए । भण्डारीकाे संयाेजकत्वमा २५ सदस्सीय भेला अायाेजक समिति निर्माण गरिएकाे हाे ।
जिल्ला अध्यक्ष अाशिष अाचार्यकाे अध्यक्षतामा बसेकाे बैठकमा केन्द्रीय सचिवमा नारायण बढाल, गण्डकी प्रदेश अध्यक्ष सुदिन पाैडेल, जिल्ला पूर्व अध्यक्ष तथा पूर्व केन्द्रीय सचिवालय सदस्य अर्जुन अविरल, पूर्व जिल्ला अध्यक्ष तथा वर्तमान केन्द्रीय सदस्य ईश्वर गैह्रे, केन्द्रीय सदस्य किरण थनेत, गण्डकी प्रदेश मुख्य सचिव अार के भट्ट, प्रदेश सचिव सञ्जय जैसी लगायतकाे उपस्थिति रहेकाे थियाे ।
