कावासोतीकाे नगर स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा विण्णुनगर प्रथम, त्रिभुवनटार द्वितिय
अविरल न्यूज कावासाेती, माघ ५ । नवलपुरको कावासोतीमा नगर स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । आज कावासोती–१७ मा रहेको सरस्वती मावि गोछडामा ५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन भएको हो । तीन दिनसम्म चलेको प्रतियोगिताको आज निवर्तमान गण्डकी प्रदेश सभा सांसद बिष्णु प्रसाद लामिछानेले समापन गर्नु भएको हो ।
प्रतियोगितामा कावासोती नगरपालिका भित्रका २७ माध्यमिक विद्यालय र ३ वटा कलेज गरि ३० वटा विद्यालयहरुको सहभागिता रहेको थियोे । प्रतियोगितामा एथलेटिक्स तर्फका विभिन्न बिधा सहित भलिवल, कपर्दी, टेकवान्दो र सितोरिया तर्फका १७ खेलहरु खेलाइएको थियोे । तिन दिनसम्म चलेको प्रतियोगिताबाट प्रथम र द्वितिय हुने खेलाडी जिल्ला स्तरिय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगतामा खेल्न पाउने छन् । १५ अाैं जिल्ला स्तरीय राष्ट्रपति खेल पनि साेही ठाउँमा ७ गते बाट हुँदैछ । कावासोती नगरपालिकामा विभिन्न स्थान जित्ने हरुमा ८ स्वर्ण ५ रजत ३ कास्य सहित जनता मा.बि. बिष्णु नगर प्रथम, ७ स्वर्ण २ रजत २ कास्य सहित जनता मा. बि त्रिभुवनटार द्वितिय र ५ स्वर्ण ५ रजत र ४ कास्य सहित मध्यबिन्दु बहुमुखी क्याम्पस तृतीय भएका हुन ।
आज भएको समापन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि निवर्तमान प्रदेश सभा सदस्य लामिछानेले खेलकुद स्वाथ्यका लागि खेलकुद राष्ट्रका लागि भएको र अब खेलाडीलाई अरु पेसामा जस्तै नाम र दाम हुन सके मात्र नेपाली खेल जगतको बिकाश र खेलाडी पलाएन रोकिने बताउनुभयो । खेल क्षेत्रले व्यक्तीको स्वास्थ्यमा सुधार मात्रै नभई राष्ट्रलाई विश्वव्यापी रुपमा चिनाउन सहयोग पुग्ने बताउनु हुँदै सबै बिजेता खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रारम्भिक रुपमा खेलाडी उत्पादन गर्ने प्रमुख थलो भएको भन्दै उहाँले खेलमा सहभागी विद्यालयहरुलाई समेत शुभकामना दिनु भयो ।
समापन कार्यक्रम पूर्व भएको औपचारिक कार्यक्रममा नगरपालिकाका नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारी, वडा नं. १७ का वडाध्यक्ष चुरामणी थनैत, वडा न १५ का वडा अध्यक्ष तेज कुमार श्रेष्ठ लगायत विभिन्न वडाका जनप्रतिनिधि , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुन, नेपाल शिक्षक महासंघ नवलपुरका सचिव एवं जनता माविका प्र अ , गिरिराज गिरी , सरस्वती माविका प्र अ फणेन्द्र पौडेल, खेल संयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युक्त प्रसाद गौडेल, मध्यबिन्दु बहुमुखी क्याम्पका प्रमुख गणेश मान गिरि लगायतको उपस्थिति रहेको थियो । आगामी २०८० सालको छैठाैं नगर स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शान्ति निकुञ्ज मा. बि. कावासोती १२ पिठाैलीमा हुने भएको छ ।
कावासोती नगरपालिकाका प्रमुख बिष्णु प्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन अायाेजक विद्यालयका सहायक प्र अ डिल्लीराम न्याैपानेले गर्नु भएकाे थियाे ।