Shivam

प्रेस सेन्टर स्थापना दिवशकाे अवसरमा खाद्यान्न सामाग्री वितरण

0
Burger

 

कावासाेती । १५ माघ ।                                        प्रेस सेन्टर नेपालकाे १९ अाैं स्थापना दिवशकाे अवसरमा प्रेस सेन्टर नेपाल, नवलपुरकाे अायाेजनामा कावासाेती १२ स्थित लक्ष्मीनारायण बृद्धा आश्रममा खाद्यान्न सामाग्री वितरण गरिएकाे छ ।
प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव तथा पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष दिपक भट्टराईकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न गरिएकाे हाे । कार्यक्रममा प्रेस सेन्टर नेपालका प्रदेश सचिव अर्जुन अविरल, प्रदेश सदस्य प्रितम भूजेल, राष्ट्रिय दलित पत्रकार संघ, नवलपुरका अध्यक्ष गाेविन्द नेपाली लगायतकाे उपस्थिति रहेकाे थियाे ।

बृद्धाश्रममा अहिले ९ जना बृद्ध, बृद्धा रहेका छन् । बृद्धाश्रममा रहेकाहरूका लागि अावश्यक पर्ने खाद्यान्न सामाग्री चामल, मैदा, दाल, नुन, तेल लगायतका सामाग्री थिए । अविरल न्यूजका व्यवस्थापक बलराम ढकालले खाद्यान्न सामग्रीकाे सहयाेग गर्नु भएकाे हाे ।
२०६१ साल माघ १५ गते प्रेस सेन्टर नेपाल पत्रकार महेश्वर दाहालको नेतृत्वमा स्थापना भएको थियो । प्रेस सेन्टर नेपालको तत्कालिन नाम क्रान्तिकारी पत्रकार संघ थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।