Shivam

कावासाेतीमा १ महिने निशुल्क ड्राईभिङ्ग तालिम सुरू                             

0
Burger

  कावासाेती, माघ २१ ।
कावासाेती नगरपालिकाकाे सहयाेगमा १ महिने निशुल्क ड्राईभिङ्ग तालिमकाे अाज उद्घाटन गरिएकाे छ । कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख बिण्णु प्रसाद भूषालले तालिम लिन चाहानुभएका प्रशिक्षार्थीहरूलाई भरपुर रूपमा प्रयाेग गर्दैं असल चालक बन्न सक्ने शुभकामना दिनु भयाे । भाेलिकाे दिनमा सीपलाई सदुपयाेग गर्दै स्वराेजगार बन्न सक्ने, अाफ्नै खुट्टामा उभिन सक्ने बन्ने हुँदा कति पनि हेलचेक्याई नगर्न अाग्रह गर्नु भयाे ।।
तालिमकाे लागि प्रत्येक वडाले सुचना निकालेकाे थियाे । कावासाेती नगरपालिकाका १७ वटै वडाबाट ३ देखि ६ जनासम्म सहभागीकाे नाम वडाले सिफारिस गरेकाे छ ।
साेही अनुसार अाएका विद्यार्थीहरूलाई २६ दिनसम्म तालिम गराउने, लाईसेन्सकाेलाई अनलाईन फर्म भराउने, परिक्षा दिनसम्म तयार पार्ने भएकाे छ । उद्घाटन सत्रमा करिब ५० जना प्रशिक्षार्थी रहेका थिए ।
तालिम कावासाेतीमै रहेकाे प्रविनकाे पुरानाे ड्राईभिङ्ग सेन्टरले दिने जनाईएकाे छ ।
कावासाेती नगरपालिकाकाे सभाहलमा भएकाे कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरू समेत रहनु भएकाे थियाे । ड्राईभिङ्ग सेन्टरका प्रतिनिधि गाेविन्द नेपालीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सहजिकरण अर्जुन अविरलले गर्नु भएकाे थियाे ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।