नयाँ समिकरण सहित यही सरकारकाे निरन्तरता रहने : उपप्रधान मन्त्रि श्रेष्ठ
कावासाेती, २६ फागुन। नेपाल सरकारका उपप्रधान एवं भाैतिक पूर्वाधार तथा यातायात मन्त्रि नारायणकाजी श्रेष्ठले उपराष्ट्रपतिकाे चुनावपछि नयाँ समिकरणसहित यही सरकारकाे निरन्तरता रहने बताएका छन् । प्रेस सेन्टर नेपाल, नवलपुरकाे अायाेजनामा कावासाेती १६ डण्डामा गरिएकाे पत्रकार सम्मेलनमा पत्रकारहरूकाे प्रश्नकाे जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले उक्त भनाई भनेका हुन् ।
त्यसअघि मध्यविन्दु १ सेतापानीमा रहेकाे शान्ति अाधार विद्यालयकाे १७ अाैं बार्षिक उत्सवमा सम्बाेधन गरेका थिए । विद्यालयकाे नवनिर्मित ४ काेठे भवनकाे उद्घाटनका साथै विद्यार्थीहरूले तयार पारेका प्रदर्शनीकाे अवलाेकन गरेका थिए । त्यसैगरी कावासाेती १४ काेटटाँडीकाे डञ्जर खाेलामा १ कराेड ८० लाखमा बन्न लागेकाे पुलकाे निरिक्षण, कावासाेती १४ मै रहेकाे साना किसान कृषि सहकारी, अग्याैलीकाे अवलाेकन, कावासाेती १६ मा रहेकाे थारू संग्रहालयकाे अवलाेकन र कावासाेती १६ मै माअाेवादी पार्टी कार्यकर्तालाई प्रशिक्षण समेत दिएका थिए ।