दुर दराजका जनताले पनि विकासकाे अनुभूति पाउनेछन् : उपप्रधान मन्त्रि श्रेष्ठ
कावासाेती, २६ फागुन । नेपाल सरकारका उपप्रधान एवं भाैतिक पूर्वाधार तथा यातायात मन्त्रि नारायणकाजी श्रेष्ठले सहरकाे झिलिमिली विकासतिर मात्र नलागि दुर दराजमा रहेका गाउँकाे पनि विकास हुने गरी काम गर्ने याेजनामा लागेकाे बताएका छन् । जसकाे अनुभूति जनताले प्रत्यक्ष अाफै गर्ने पनि बताएका छन् । मध्यविन्दु नगरपालिका वडा नं. १ मा रहेकाे शान्ति नमुना अाधारभूत विद्यालयकाे १७ अाैं बार्षिक उत्सवकाे अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले उक्त भनाई भनेका हुन् । विद्यालयकाे नवनिर्मित ४ काेठे भवनकाे उद्घाटनका साथै विद्यार्थीहरूद्वारा तयार पारिएकाे प्रदर्शनीकाे अवलाेकन गरेका थिए ।
साेही कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले सरकार देशमा चाडो समृद्धि आउने गरी विकासका काममा लागि परेको बताए । उनले धनी र गरिब बीचको दुरी घट्ने गरी सरकारले देशको समृद्धिका लागि काम गरिरहेको दावी गरे । उनले सामुदायिक विद्यालय, कलेजहरुमा सबै खाले विद्यार्थी अट्ने गरी विद्यालयको शैक्षिक र भौतिक स्थिति वृद्धिका लागि सरकार लागि परेको बताए ।
सोही अवसरमा मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले उपप्रधानमन्त्री श्रेष्ठलाई मध्यविन्दु नगरपालिका भित्रको बाटो, पुल, पुलेसा निर्माणका लागि माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दधिराम सापकोटाले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नवलपुर २ का संघीय सांसद विष्णु कार्की, जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विक, मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शुक्रबार नै कावासाेती १४ काेटटाँडीकाे डञ्जर खाेलामा १ कराेड ८० लाखमा बन्न लागेकाे पुलकाे निरिक्षण, कावासाेती १४ मै रहेकाे साना किसान कृषि सहकारी, अग्याैलीकाे अवलाेकन, कावासाेती १६ मा रहेकाे थारू संग्रहालयकाे अवलाेकन र कावासाेती १६ मै माअाेवादी पार्टी कार्यकर्तालाई प्रशिक्षण समेत दिएका थिए । शुक्रबार नै कावासाेती १६ मा रहेकाे रेडियाे शहिदनगरमा प्रेस सेन्टर नेपाल, नवलपुरले उपप्रधानमन्त्रिसंग पत्रकार भेटघाट कार्यक्रम राखेकाे थियाे ।