नवलपुर ग्रील व्यवसायी संघको ९ औं साधारणसभा तथा ५ औं अधिबेशन सम्पन्न
कावासोती, चैत्र १८ । नवलपुर ग्रील ब्यवसायी संघको ९ औं साधारणसभा तथा ५ औं अधिबेशन कावासाेती स्थित हाेटेल फूलमुनमा सम्पन्न भएको छ । ग्रील ब्यवसायी संघ, नवलपुरका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष डाेरमान गिरी प्रमुख अतिथिकाे रूपमा हुनुहुन्थ्यो । कार्यक्रममा नवलपुरका सम्पूर्ण ग्रील ब्यवसायीहरुको उपस्थिति रहेको थियो । नवलपुर ग्रील ब्यवसायी संघको ५ औं अधिबेशनले कावासोती १७ मा रहेकाे राम्जी इन्जिनियरिङ्गका प्रोपाईटर युवा ब्यवसायी कमल पौडेलको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति समेत गठन गरेकाे छ । सबै ब्यवसायीहरुको ब्यवसायिक हितमा काम गर्ने प्रतिबद्धता नव निर्वाचित अध्यक्षले गर्नु भएको थियोे ।।