Shivam

माअाेवादीे केन्द्र नवलपुरकाे जनतासंग पार्टी अभियान जारी

0
Burger

नवलपुर, चैत्र २१ ।                                                नेपाल कम्युनिष्ट पार्टी (माअाेवादी केन्द्र) नवलपुरद्वारा सञ्चालनमा रहेकाे २ महिने जनतासंग पार्टी अभियान जारी रहेकाे छ । फागुन १४ देखि सुरू भएकाे अभियानकाे पहिलाे हप्ता शहिद सप्ताह मनाउँदै विभिन्न शहिद परिवारलाई भेट्ने कार्य गरेकाे थियाे । शहिद परिवारलाई भेट्ने, दुखेसाे सुन्ने कार्य गर्दै अहिले विभिन्न पालिका स्तरीय र वडा स्तरीय जनतासंग पार्टी अभियान जारी राखेकाे छ ।

पार्टी सुदृढीकरण गर्न, विभिन्न संगठन निर्माण गर्न, पार्टीका याेजना प्रस्तुत गर्न र जनताका समस्या बुझ्नका लागि जनतासंग पार्टी अभियान सञ्चालन गरिएकाे माअाेवादी केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सचिव सुष्मा खनालले जनाउनु भयाे ।

माअाेवादी केन्द्रले देशैभरि नै याे अभियान सञ्चालन गरेकाे छ । नवलपुर जिल्लामा पनि प्रादेशिक संरचना अनुसारका क्षेत्रहरूमा जिम्मेवारी दिईएकाे छ । निर्वाचन क्षेत्र नं. १ काे क मा केन्द्रीय सदस्य धनप्रसाद सापकाेटा, १ काे ख मा जिल्ला संयाेजक तथा बैकल्पिक केन्द्रीय सदस्य बालकृण्ण रानाभाट, २ काे क मा बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सचिव सुष्मा खनाल र २ काे ख मा गण्डकी प्रदेश उपाध्यक्ष मित्रशरण शर्मा विहानीकाे जिम्मेवारी रहेकाे छ । त्यसैगरी निर्वाचन क्षेत्र नं. १ मा केन्द्रीय सदस्य धनप्रसाद सापकाेटा र क्षेत्र नं. २ मा केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज किशन शर्माले हेर्ने गरी जिम्मेवारी दिईएकाे छ ।

अभियानकाे क्रममा अाज कावासाेती वडा नं. १७ र अन्य पालिकाका विभिन्न वडामा अभियान जारी रहेकाे जनाईएकाे छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।