Shivam

संवैधानिक परिषद्को बैठक बस्दै , प्रधानन्यायाधीश सिफारिस सम्बन्धी छलफल हुने

0
Burger
 

काठमाडौं । आज संवैधानिक परिषद्को बैठक बस्दै छ । साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस सम्बन्धी छलफल गर्न प्रधानमन्त्रीले साँझ ५ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका हुन् । प्रधानमन्त्री केही दिनमा अमेरिका भ्रमण जाने भएकाले बैठक बुधबारकै लागि बोलाइएको हो । संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुखका सदस्य रहने संवैधानिक व्यवस्था छ ।

न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्मा पठाएको थियो । उक्त सूचीमाथि छलफल गर्न बैठक बोलाइएको हो । बैठकले प्रधान न्यायाधीशका लागि वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतको नाम सिफारिस गर्ने सम्भावना रहेको छ । उनी पहिलो नम्बरमा रहेका छन् ।

वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज २० गतेबाट अवकाशमा जाने भएकोले सो भन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था अनुरूप सिफारिस हुनेछ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।