Shivam

वार्षिक कार्ययोजना पारित गर्दै एमालेले भन्यो- युवा सम्मेलन आयोजना गर्छौं

0
Burger

काठमाडौँ । नेकपा (एमाले) ले पार्टीको वार्षिक कार्ययोजना पारित गरेको छ ।

शुक्रवार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीको सचिवालय बैठकले आगामी कार्तिक भित्र बाँकी रहेका जिल्ला अधिवेशनहरू सम्पन्न गरिसक्ने लगायतका १८ विषयवस्तुहरूका समावेश गरिएको सो कार्ययोजना पारित गरेको हो ।

कार्ययोजनामा आगामी मंसिरभित्र सबै तहका कमिटीहरूको अधिवेशन सम्पन्न गरिसक्ने उल्लेख गरिएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए । कार्ययोजनामा पाटीलाई आगामी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी अघि बढाउने भनिएको छ । त्यसैगरी पार्टीमा युवाहरूलाई परिचालन गर्नका लागि ४० वर्ष भन्दा मुनिका युवाहरूलाई समेटेर युथ समिट आयोजना गर्ने निर्णय पनि गरिएको छ ।

महासचिव पोखरेलले राष्ट्र निर्माणका लागि युवाहरूलाई परिचालन गर्ने उद्देश्यका साथ एमालेले आफ्नो नेतृत्वमा सो सम्मेलन आयोजना गर्ने कुरालाई वार्षिक कार्ययोजनामा समावेश गरेको बताए । एमालेले समावेश गरेको १८ वटा विषयवस्तुसहितको कार्ययोजनामा सबै कमिटीहरूको कार्यालय व्यवस्थित बनाउने,असोसल मिडियालाई अनिवार्य रुपमा जोडने र हरेक पार्टी कमिटीहरूले सोसल मिडिया नेटवर्क निर्माण गरेर आफ्नो प्रचारको कामलाई व्यवस्थित गर्ने कुरामा जोड दिइएको छ ।

एमालेले नेकपा स्थापनाको ७५ वर्षको अवसर पारेर गर्ने भनिएका बाँकी कामहरु पनि सम्पन्न गर्ने कुरालाई पनि कार्ययोजनामा समावेश गरेको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।