गुणस्तरिय शिक्षानै मेरो पहिलो प्राथमिकता :नवनियुक्त सामाजिक विकास मन्त्री तिमिल्सिना
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षा क्षेत्रलाई गुणस्तरिय बनाउनुनै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ।
प्रदेश प्रमुखको कार्यालय ,बुटवलमा सपथ ग्रहण पछि सञ्चारकर्मीहरु संग कुरा गर्दै मन्त्री तिमिल्सिनाले शिक्षा क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले शिक्षालाई कसरी गुणस्तरिय बनाउन सकिन्छ भनेर आफू लागि पर्ने समेत बताउनु भयो ।
उहाँले प्रदेश भित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने न्युन आर्थिक स्तरका बालवालिकाहरुलाई समेत सहज र गुणस्तर शिक्षा उपलब्ध गराउन लागि पर्ने बताउनु भयो ।
बर्दिया क्षेत्र नम्बर २को (क) बाट नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएका तिमिल्सिना यस अघि लुम्बिनी प्रदेश , नेपाली कांग्रेस संसदीय दलमा प्रमुख सचेत्तकको भुमिकामा समेत हुनुहुन्थ्यो ।