रानीपोखरीमा भाईटिका (फोटो / भिडियो)
बालगोपालेश्वर भाइटीका लगाउनदिनभर खुला रहने
काठमाडौं । आज भाइटिका ।दाजुभाई तथा दिदी बहिनीहरु नहुनेले रानीपोखरी स्थित बालगोपेश्वर मन्दिरमा गएर टिका ग्रहण गरेका छन ।
आज बिहानै देखी रानीपोखरीमा टिका लगाउनेहरुको भीड बढेको छ । भाइटिकाको दिनमा मात्रै खोल्ने यो मन्दिरमा दर्शनार्थीको भीड बढने क्रम जारी छ ।
दिदीबहिनी नहुनेका लागि भाइटीका लगाउन काठमाडौंको रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिर दिनभर खुला रहने भएको छ ।
बाल गोपालेश्वर प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाको दिन भक्तजनका लागि वर्षमा एक पटक खुल्ने गर्दछ ।
दिदी बहिनी एवम् दाजु भाइ नहुनेहरू भाइ टीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
उक्त स्थानमा दाजु भाइ नभएका दिदी बहिनी र दिदी बहिनी नभएका दाजु भाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् ।
भाइटीकाकै लागि मन्दिर पोखरीलाई बेहुलीझैँ झिलीमिली र सुरक्षा व्यवस्था पनि गरिएको छ ।
भूकम्प पछिका पाँच वर्ष सम्म हरेक वर्ष बाल गोपालेश्वरको मन्दिरलाई पोखरीको बाहिरी भागमा राखी दर्शनको व्यवस्था गरिएको थियो ।
प्रताप मल्लका छोरा चक्र वर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन वि.सं. १७२७ मा रानी पोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ ।