Shivam

लागुऔषध बिरुद्ध विद्यार्थीलाई अभीमुकीकरण

0
Burger
भैरहवा । सिद्धार्थनगर नगरपालीका रुपन्देहीले लागुऔषध बिरुद्ध विद्यार्थीहरुलाई अभीमुखीकरण सुरु गरेको छ ।
सिद्धार्थनगर नगरपालीका अन्तरगत सामुदायीक विद्यालयमा अध्यनरत विद्यार्थीहरुकालागी लागुऔषध नियन्त्रण सम्वन्धी अभीमुखीकरण बिहीबारदेखी सुरु गरीएको हो ।
सिद्धार्थनगर नगरपालीका वडा नं १ स्थित बेलहीया मावीबाट सुरु गरीएको अभीमुखीकरणको उद्घाटन गर्दै नगर प्रमुख ईस्तियाक अहमद खाँले कक्षा ९ र १० मा अध्यनगर्दा विद्यार्थीहरु बहकाउमा परेर लागुऔषध दुव्र्यसनमा पर्नसक्ने भएकाले सोको रोकथामकालागी अभीयान सुरु गरीएको बताए ।
उनले विद्यार्थीहरुको अनुसान महत्वपुर्ण गहना भएको उल्लेख गर्दै भविश्यमा सवल, सक्षम एवं सफल ब्यक्ती बन्न लागुऔषध सेवनबाट टाडै रहनु पर्ने बताए । नगर उप प्रमुख एवं कार्यक्रमकी अध्यक्ष उमा अधीकारीले  यो उमेर चञ्चल एवं अधैैर्यताको बेला भएकाले बढी भन्दा बढी सचेत हुनु पर्नेमा जोड दिईन ।
उनले कतीपय अवस्थामा साथीसगं, सामाजीक सजांलको प्रयोगबाट समेत लागुऔषध दुव्र्यसनमा परीनसक्ने भन्दै यस्ता कुराहरुमा सचेत रहदै आफ्नो अध्यनमा केन्द्रीत रहन विद्यार्थीहरुलाई आग्रह गरीन ।

कार्यक्रम आगामी पुस १७ गतेसम्म सचांलन हुने र बेलहीया मावी सहीत, भानु मावी, भैरहवा नमुना उच्च मावी, लिलाराम न्यौपाने मावी र महात्वा बुद्ध मावीमा सचांलन हुने नगरपालीकाका समाजीक विकास साखा प्रमुख लक्ष्मण गिरीले जानकारी दिए । महीला बिकास साखा प्रमुख कौसल्या चौधरीको सचांलन, शिक्षा अधीकृत जानह्वी पाण्डेको स्वागतमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक शुमन गैरेले प्रशिक्षण दिएका थिए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।