बालगायक सचिन परियार रहेनन्
काठमाडौँ । बालगायक सचिन परियारको निधन भएको छ ।
बिहीबार बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भएको हो ।
अहिले कागजी प्रक्रिया चलिरहेको अस्पताल प्रशासनले जनाएको छ ।
पछिल्लो समय उनी कम्मरमुनिको भाग नचल्ने समस्याका कारण थलिएका थिए ।
उनको स्वास्थ्यमा समस्या आएको भन्दै परिवारले उपचारको लागि रकम सहयोगको मागसमेत गरेका थिए ।