Shivam

लेखा समितिका सभापतिले हटाए स्वकीय सचिव

0
Burger

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफ्ना स्वकीय सचिव अनिलकुमार पोखरेललाई बर्खास्त गरेका छन् ।

आर्थिक अनियमिततामा मुछिएपछि सभापति पोखरेलले स्वकीय सचिव पोखरेललाई जिम्मेवारीबाट हटाएका हुन् । सभापति पोखरेलले सङ्घीय संसद सचिवालयलाई स्वकीय सचिवलाई हटाएको जानकारीसहितको पत्र पठाएका छन् ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभापति पोखरेलले स्वकीय सचिवलाई हटाउनका लागि भन्दै शुक्रवार पत्र पठाएका हुन् ।

एमबिबिएस परीक्षामा नाम निकालिदिने भन्दै अनिलले रकम लिएको बाहिरिएको थियो । अनिलले सप्तरीकी एक युवतीको एमबिबिएस इन्ट्रान्स परिक्षामा नाम निकाल्दिने भन्दै उनका बाबु बौआलाल चौधरीसँग ३८ लाख ३० हजार रुपैयाँ लिएको आरोप छ ।

परिक्षामा नाम निकाल्दिने भन्दै पैसा लिएको तर नाम ननिक्लिएपछि ती युवतीका बाबुले उक्ट घटना बाहिर ल्याएका थिए ।

उच्च अदालत विराटनगरले स्वकीय सचिव पोखरेलमाथि अनुसन्धान गर्न मोरङ प्रहरीलाई परमादेश दिएको थियो । उक्त परमादेश पुस ११ मा प्रमाणीकरण भएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।