Shivam

३० लाखको गाडी, पाँच महिनापछि भन्सार बुझाइयो तर कसैले दाबी गरेन

0
Burger

काठमाडौं । रौतहटमा पाँच महिनाअघि फेला परेको बेवारिसे गाडी अन्ततः गौर भन्सार कार्यालयमा बुझाइएको छ । प्रहरीले साउन २७ गते दुर्गाभगवती गाउँपालिका(३ मतसरीमा फेला पारेको बीआर ०१ पीएल ९३८७ नम्बरको महिन्द्रा स्कारपियो गाडी गत शुक्रबार भन्सार कार्यालयमा हस्तान्तरण गरेको हो ।

चोरीको गाडी सञ्चालनमा रहेको सूचना पाएपछि प्रहरी टोलीले उक्त गाडी नियन्त्रणमा लिएको थियो । पाँच महिनासम्म पनि गाडीको दाबी गर्ने कोही नआएपछि त्यसलाई भन्सार कार्यालयमा बुझाइएको प्रहरीको भनाई छ ।

करिब ३० लाख रुपैयाँ मूल्य पर्ने यो गाडी अब भन्सार प्रक्रिया पूरा गरी आवश्यक निर्णयका लागि अगाडि बढाइने छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।