Shivam

मेलम्चीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण होस् – सरोकारवाला भन्छन्

0
Burger

मेलम्ची । सरोकारवालाले मेलम्चीको बाढीलगायत जलवायुजन्य क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुुपर्नेमा जोड दिएका छन् ।

पोखरा विश्वविद्यालयले मेलम्ची नगरपालिकासँगको सहकार्यमा ‘स्थानीय तहमा जलवायु वित्तको पहुँच र जलवायुवित्तसम्बन्धी परियोजना विकास’ विषयमा आज यहाँ आयोजना गरेको गोष्ठीमा उनीहरुले जलवायु परिवर्तनका कारण भएको क्षतिको पूर्तिका निम्ति आर्थिक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिएका हुन् ।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्चीमा २०७८ सालमा जलवायु परिवर्तनका कारण ठूलो बाढी आएको र त्यसबाट भीषण क्षति भएको उल्लेख गर्दै “जलवायु परिवर्तनको असर घटाउन परियोजना नै सञ्चालन गर्न आवश्यक छ”, भने ।

जलवायुजन्य हानिनोक्सानीको पूर्तिका निम्ती अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिए ।

मेलम्ची नगरपालिका–११ का वडाध्यक्ष चन्द्रबहादुर तामाङले जलवायु परिवर्तनका कारण भौतिक तथा मानवीय क्षति बढेकाले त्यसको दीर्घकालीन असर समाधान खोज्नुपर्ने बताए ।

नेपाल जलवायु पहल (एनसिआइ)का अध्यक्ष प्राध्यापक डा मदन कोइरालाले जलवायुजन्य परिस्थितिका कारण मेलम्चीमा बाढीको विपद्का निम्तिएको बताए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।