Shivam

माओवादी नेताहरुको सुझाव नयाँ संगठनात्मक सिद्धान्त विकास गर्न

0
Burger

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्यहरुले नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्न पार्टी नेतृत्वलालई सुझाव दिएका छन् ।

आईतवार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटीको बैठकमा स्थायी कमिटी सदस्यहरुले यस्तो सुझाव दिएका हुन् ।

संगठनात्मक सिद्धान्तको बारेमा बैठकमा छलफल हुँदा अधिकांश सदस्यहरुले माओवादी संगठनात्मक सिद्धान्तलाई नै आधार बनाइ नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्न जरुरी रहेको बताए ।

बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले युवाहरुलाई प्रशिक्षित र संगठित गर्नेबारेमा पनि सुझाव आएको बताए । ‘संगठनात्मक सिद्धान्तको बारेमा पनि छलफल भएको छ । आधारभुत रुपमा त हामीले माओवादी संगठनात्मक सिद्धान्तलाई नै आधार बनाउँछौँ । तर अहिले पनि पहिला विकास गरेको कुरामा आमुल परिवर्तन भएको छ । विज्ञान, प्रविधि लगायतका क्षेत्रमा, अन्य क्षेत्रमा पनि प्रविधिको विकास भइरहेको छ । युवाहरुलाई प्रशिक्षित गर्ने, संगठित गर्ने, यि विषयदेखि लगायत विज्ञान र प्रविधिको सबैकुरा विचार गर्दै नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्नुपर्छ भनेर सुझाव दिनुभएको छ’ उनले भने ।

माओवादी केन्द्रको केन्द्रिय कमिटीको बैठक आज नै काठमाडौंको एक होटलमा बस्दैछ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।