सिटिजन लाइफद्वारा नेपालभरी सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्न
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ ।
२०८१ साल , पौष २० गते बर्दिबासमा आयोजित कार्यक्रममा बर्दिबास क्षेत्रका साथै हेटौँडा क्षेत्र लगायत नारायणगढ शाखाका अभिकर्ता एवम् त्यहाँको सम्पूर्ण कर्मचारीहरू र केही विभागीय प्रमुखहरू समेतको सहभागितामा सो तालिम कार्यक्रम संचालन गरिएको थियो ।
तालिम कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले प्रस्तुत गरेका थिए । उक्त तालिममा गैर कानुनी कमाई र आतंककारी कार्यबाट सङ्कलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रक्रियाहरू के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो ।
उनले यसको महत्त्व र प्रभावका साथै यसलाई कार्यान्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिए ।
गत साल झैँ यस २०८१ सालामा पनि कम्पनीले देशभरि विभिन्न ठाउँमा सम्पत्ति शुद्धीकरण सम्बन्धी यस तालिमको आयोजना गर्दै आएकोमा यो सातौँ र अन्तिम स्थान भएको कम्पनीले जनाएको छ ।
यस भन्दा पहिले मङ्सिर २७ गते पूर्वको इटहरी, इनरुवा र बिर्तामोड क्षेत्रका कर्मचारी र अभिकर्ताहरूका लागी इटहरीमा, मङ्सिर २२ गते पश्चिमको धनगढी, नेपालगन्ज, सुर्खेत क्षेत्रको लागी कोहलपुरमा, बुटवल, जीतपुर र भैरहवा क्षेत्रको लागी मङ्सिर १ गते बुटवलमा, पोखरा र बाग्लुङ क्षेत्रको लागी कार्तिक १० गते पोखरमा र असोज साथै मङ्सिर ६ गते दुई पटक काठमाडौंमा यस तालिम सम्पन्न गरिएको थियो ।
बर्दिबासमा सम्पन्न अन्तिम तालिम पश्चात् कम्पनीले सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम नेपाल भरि सम्पन्न गरेको जनाएको छ ।