Shivam

देवि कुमार बने नेवाः समाज अर्घाखाँची रुपन्देहीको अध्यक्ष

0
Burger

बुटवल । अर्घाखाँची जिल्लामा जन्म भै विभिन्न कारणले रुपन्देहीलाई कर्म थलो बनाएका नेवार समुदायहरु संगठित भै गठन भएको नेवाः समाज अर्धाखांची रुपन्देहीको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले देवि कुमार श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति निविरोध चयन गरेको छ । विशेष गरि अर्घाखाँची जिल्लामा रहेका नेवार समुदायको कला संस्कृति भेष भुसाको जर्गेना गदै रुपन्देहीमा रहेका अर्घाखाँचीका नेवार समुदायलाई परेको विभिन्न समस्या तथा आपत विपदमा सहयोग गर्ने लक्ष्य सहित समाज अगाडी बढेको नवनिर्वाचित अध्यक्ष देवि कुमार श्रेष्ठले बताउनु भयो ।
समाजले अर्घाखाँची जिल्लाको पौराणिक तथा धार्मिक संस्कृति गाईजात्रा , रोपाईजात्रा, भैरवनाचलाई बुटवलमा पर्वका रुपमा मनाउदै सोको संरक्षणमा जुटेको छ ।

अधिबेशनवाट समाजको उपाध्यक्षमा दूर्गा प्रसाद, सचिव डिल प्रसाद, सह सचिव फूलमाया, कोषाध्यक्ष राजकुमार र सह-कोषाध्यक्षमा बावुराम (लभकुस) चयन हुनु भएको निर्वाचन समितिका संयोजक नवराज श्रेष्ठले बताउनु भयो ।

त्यस्तै सदस्यहरुमा विष्णु प्रसाद, गिरिराज दीपक कुमार, दामोदर, सरस्वती मधु कुमार राजेन्द्र कुमार, गणेश , खड्क बहादुर सरिता र दूर्गा बहादुर श्रेष्ठ चयन हुनु भएको छ । त्यस्तै लेखा समितिको संयोजकमा जिवन श्रेष्ठ र सदसयमा मधु कुमार र मेघराज चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ ।

समाजमा २२१ जना आजिवन सदस्य र ५ सय बढी साधारण सदसय रहेका छन । समाजले सामाजिक काम संगै अनाथ तथा बृद्ध बृद्धाहरुलाई समेत सहयोग गदै आएको छ । समाजले अबका दिनमा साविकका कामलाई निरन्त्रता दिदै थप आर्थिक संकलन र संदस्यता विस्तारलाई प्राथमिकता दिने अध्यक्ष श्रेष्ठले प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

नव निर्वाचितलाई शुक्रवार सपथ ग्रहण र पदहस्तान्त्ररण गरिएको निर्वतमान अधयक्ष बावुराम श्रेष्ठले बताउनु भयोे । समाजले बुटवल ११ मा भैरब मन्दीर पनि निमार्ण गरेको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।