मर्चवारमा रक्तदान सम्पन्न , निशुल्क स्वास्थ शिविरमा २०० बढी लाभान्वित
बुटवल । मर्चवारमा गएर आज रक्तदान सहित स्वास्थ्य शिविर सम्पन्न भएको छ। काेटहीमाई गाउँपालिका स्थित मजगवा स्वास्थ्य चौकीमा सम्पन्न रक्तदानमा १६ युनिट रगत सङ्कलन भएकाे छ । रक्तदान संगै निशुल्क स्वास्थ्य शिविर समेतकाे आयाेजना गरिएकाे थियाे ।
रक्तदान गर्ने रक्तदाताहरूलाई काेटहीमाई गाउँपालिकाका प्रमुख प्रशाासकिय अधिकृत दिनेश कुमार गाैडले सम्मान पत्र दिएका थिए ।
उक्त शिविरमा २०० बढी विरामीले स्वास्थ्य सेवा लिएकाे नियमित संघ रूपन्देहीको अध्यक्ष अशेष शिलवालले जानकारी दिए । उनले आर्थिक तथा सामाजिक रूपले पछाडि परेकाे मर्चवार क्षेत्रमा निशुल्क रूपमा स्वास्थ्य परिक्षण गर्नुका साथै रक्तदानकाे समेत आयाेजना गरिएकाे बताए ।
स्वास्थ्य शिविरमा नाक कान घाँटी रोग विशेषज्ञ डा. सुमन पौडेल ,जनरल सर्जरी डा. विष्णुमूर्ति भट्टराई तथा महिला तथा बाल अस्पतालबाट मेडिकल अफिसर दीक्षा चापागाई लगायतले सेवा दिएका थिए ।
नेपाल नियमित रक्तदाता संघ केन्द्रीय कार्यालयबाट महासचिव दीपक अधिकारी , सदस्य बुद्धि ज्ञवाली राजकुमार श्रेष्ठ सहित जिल्ला उपाध्यक्ष भाष्कर शाही लगायतकाे उपस्थित थियाे ।
रेडक्रस बुटवल ब्लड बैंकबाट प्रतिनिधिज्यूहरू साथै काेटहीमाई गाउँपालिका स्वास्थ्य प्रमुख सहित प्रतिनिधि लगायत विभिन्न वडाका जनप्रतिनिधिहरू को सहभागीतामा कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ।