Shivam

मध्यरातमा बनेको सरकारले अन्धकारमै अध्यादेश ल्याएछ : सुमना श्रेष्ठ

0
Burger

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ सुमना श्रेष्ठले संसद्लाई बन्दी बनाएर सरकारले ल्याएको अध्यादेश आफूहरूलाई स्वीकार नहुने बताएकी छन् ।

सांसद श्रेष्ठले शनिबार वक्तव्य जारी गर्दै भनेकी छन्, ‘मध्यरातको अन्धकारमा बनेको सरकारले मध्यरातको अन्धकारमै अध्यादेश ल्याएछ । संसद् छ, संसद्मा सत्तापक्षको दुईतिहाइ छ, तर सरकार संसदबाट तर्सिन्छ र अध्यादेशबाट देश चलाउने तानाबाना बुन्छ । कारण स्पष्ट छः सरकार संसद् मात्र होइन, जनताको प्रतिक्रियासँग पनि डराएर भागिरहेको छ ।’

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले संविधान संशोधनको एजेण्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन गत असार १८ गते मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । यसअघि सरकारले सहकारी ऐन संशोधन गर्न अध्यादेश ल्याएको थियो । जुन अध्यादेश राष्ट्रपतिबाट तत्कालै जारी पनि भइसकेको छ ।

सांसद श्रेष्ठले वक्तव्यमा अगाडि भनिएको छ, ‘अवश्य पनि हामीलाई सुशासन र सेवा प्रवाहका लागि थुप्रै कानुनमा सुधार चाहिएको छ तर जनताको सार्वभौमसत्ताको अभ्यास गरेर कानुन बनाउने वैधानिक निकाय संसद्लाई बन्दी बनाएर, जनता र जनप्रतिनिधिका आवाज दबाएर गरिने अधिनायकवादी ‘अध्यादेश शासन’ हामीलाई अस्वीकार्य छ ।’

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।