Shivam

काठमाडौं जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु

0
Burger

काठमाडौं । रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत काठमाडौंमा बयान सुरु भएको छ ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सभापति लामिछानेको बयान सुरु भएको हो । लामिछाने आज बिहान काठमाडौं जिल्ला अदालत उपस्थित भएका थिए ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणको अनुसन्धानका लागि उनलाई प्रतिवादी बनाइ मुद्दा दर्ता गरिएको छ ।

यसअघि पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा ८३ दिनको अनुसन्धान तथा थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।