माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सुकुटे पुगे


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक स्थीत सुकुटे पुगेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड सोमबार दिउँसो सुकुटे पुगेका हुन् ।
आठौं पुरुष र सातौं महिला राष्ट्रिय बीच भलिबल प्रतियोगिताको उद्घाटनका लागि प्रचण्ड मंगलबार नै सुकुटे पुगेका हुन् ।
बुधबार देखि सुरु हुने प्रतियोगितामा सहभागी हुन उनको साथमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभा सांसद माधव सापकोटा, बागमती प्रदेशसभा सदस्य युवराज दुलाल, केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखा लगायत छन् ।
प्रचण्ड यसअघि पनि बेला बेलामा सुकुटे पुग्ने गरेका थिए । सोमबार दिउँसो बस्नेगरी माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाइएको थियो । उक्त बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।
