मन्त्रीहरूसंग छलफल गर्दै देउवा


काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बुढानीलकण्ठ बोलाएका छन् ।
सभापति देउवाले छलफलका लागि भन्दै दश मन्त्री र दुई राज्यमन्त्रीलाई आफ्नै निवास बुढानीलकण्ठ बोलाएका हुन् ।
सभापति देउवाले संसदीय दलको कार्यसमिति र मन्त्रीहरू बीच अन्तक्र्रियाका लागि बैठक बोलाएका बताइको छ । बैठक भोली बिहीबार बस्ने छ ।
सरकार परिवर्तनको हल्ला चलिरहेका बेला सभापति देउवाले मन्त्रीहरूसँग छलफल गर्नुलाई अर्थ पुर्णरुपमा हेरिएको छ ।
