Shivam

कावासाेती १५ का अध्यक्ष पदका स्वतन्त्र उमेद्वार अर्जुन कुमार श्रेष्ठले उम्मेद्वारी फिर्ता लिए

0
Burger

कावासोती,बैशाख २०
आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनकामा स्वतन्त्र उमेद्वार दिएका कावासोती १५का वडा अध्यक्ष पदका उमेद्वार अर्जुन कुमार श्रेष्ठले आज (मंगलबार) पत्रकार सम्मेलन मार्फत आफ्नो उमेद्वारी फिर्ता लिएको बताउदै आफ्नो उमेद्वारी निश्क्रिय रहेको बताएका छन ।
कावासोती नगरपालिका वडा नं. १५ बाट वडा अध्यक्ष पदमा स्वतन्त्र उमेद्वारी दिएका श्रेष्ठले बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा नेकपा (एमाले)का उमेद्वार धनीराम गुरौ सहितको नगर प्रमुख र उप प्रमुखमा एमालेकै बिष्णु भुसाल र फुलकुमारी थनेतको टिमलाईं समर्थन गर्दै आफ्नो उमेद्वारी फिर्ता लिएको जनाएका छन ।
२०७४ बैशाख ३१ गते सम्पन्न स्थानिय तह निर्वाचनमा नेकपा एमालेबाट कावासोती १५ को वडा सदस्य पदबाट निर्वाचित श्रेष्ठले २०७९ बैशाख ३० गतेको निर्वाचनमा एमालेबाटै वडा अध्यक्ष पदको दावी गरेका थिए । एमालेले वडा अध्यक्ष पदमा धनीराम गुरौलाई उमेद्वार बनाए सगै उनले स्वतन्त्र उमेद्वारी दर्ता गराएका थिए ।
निर्वाचन आयोगले उनलाई पुतली चुनाव चिन्ह समेत प्रदान गरी सकेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले निर्वाचन तालिका अनुसार उमेद्वारी फिर्ता लिन नमिलेका कारण आयोगमा आफ्नो उमेद्वारी रहेता पनी आम वडाबासीको आग्रह र शुभेच्छुकहरुको आग्रहमा आफ्नो चुनाव चिन्ह पुतली निश्क्रिय रहेकोले सुर्य चिन्हमा मतदान गर्न आग्रह गर्दै आफ्नो उमेद्वारी पत्रकार सम्मेलन मार्फत फिर्ता लिएको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तथा संविद्यान सभा सदस्य जीवन श्रेष्ठले अहिलेको आवश्यक्ता भनेको सबै स्थानिय तहमा एमालेको नेतृत्वको सरकार आवश्यक रहेको बताउदै पाँच दलिय गठबन्धनबाट देशले निकास नपाउने भन्दै एमालेका उमेद्वारहरलाई विजयी गराउन आग्रह गर्नुभयो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।