Shivam

न्यु होराइजनछात्रा भलिबल : एभरेष्ट,कुंवरवर्ती, कालिका र न्यू होराइजन सेमिफाइनलमा

0
Burger

बुटवल । बुटवलमा जारी तेस्रो रुपन्देही जिल्लास्तरीय छात्रा भलिबलमा एभरेष्ट बोर्डिङ, कुंवरवर्ती बोर्डिङ, कालिका मानवज्ञान मावि र न्यू होराइजन मावि सेमिफाइनलमा प्रवेश गरेका छन् । न्यू होराइजन मावि बुटवलको संरक्षकत्वमा न्यु होराइजन स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगिता अन्तर्गत बुधबार भएका खेलमा क्वाटर फाइनल खेलमा विजयी हुंदै चार विद्यालयका टिम सेमिफाइनलमा पुगेका हुन् ।

बिहीबार एभरेष्ट र कुंवरवर्ती बीच पहिलो सेमिफाइनल खेल हुनेछ भने कालिका मानवज्ञान मावि र न्यू होराइजन मावि बीच अन्तिम सेमिफाइनल खेल हुने छ । फाइनल प्रतिस्पर्धा पनि बिहीबार नै हुने विद्यालयका खेल संयोजक मिलन रानाले जानकारी दिए । बुधबार भएका क्वाटर फाइनल खेलहरुमा एभरेष्टले ग्रीन प्लान्ट देवदहलाई ३–० सेटमा, कालिकाले कान्ति माविलाई ३–१ सेटमा,कुंवरवर्तीले बुद्ध पब्लिकलाई ३–० सेटमा र न्यू होारइजनले नवज्योति बोर्डिङ स्कस्ललाई ३–० सेटमा पराजित गरेका थिए ।

यस्तै न्यू होराइजन स्पोर्टस क्लबको आयाजनामा सञ्चालित बास्केटबलमा छात्रतर्फ ब्रिटिस ग्रामर स्कूल र एभरेष्ट बोर्डिङ तथा छात्रा तर्फ एभरेष्ट र सिद्धार्थ बोर्डिङ स्कूल फाइनलमा प्रवेश गरेका छन् ।

बुधबार भएका छात्र सेमिफाइनल खेलमा ब्रिटिस ग्रामरले दीपलाई २४–११ ले तथा एभरेष्टले न्यू होराइजनलाई १५–१३ ले जितेका थिए । यस्तै छात्रातर्फ एभरेष्टले न्यू होराइजनलाई १३–४ले तथा सिद्धार्थले दीप बोर्डिङलाई ११–० ले जितेका थिए ।

बास्केटबलको फाइनल र पुरस्कार वितरण पनि बिहीबार नै हुने न्यू होराइजन स्पोर्टस् क्लबका उपाध्यक्ष तथा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख बालकृष्ण बस्यालले जानकारी दिए ।

१२ टिमले भाग लिएको भलिबलकोउपाधि विजेताले नगद नगद ४० हजार, उपविजेताले नगद २५ हजार रुपैया, तेस्रो टिमले नगद १५ हजार रुपैया तथा चौथो टिमले नगद १० हजार रुपैया नगद तथा कप, मेडल, प्रमाणपत्र पाउने छन् । छात्रा भलिबलको पहिलो संस्करण एभरेष्ट बोर्डिङ बुटवल र दोस्रो संस्करणको उपाधि न्यु होराइजन मावि बुटवलले जितेका थिए ।

बास्केटबलमा छात्रतर्फ ६ र छात्रातर्फ ४ टिमले प्रतिस्पर्धा गरेका छन् । बास्केटबलमा विजेता टिमलाई नगद १० हजार र उपविजेतालाई नगद ५ हजार रुपैया नगद सहित पुरस्कृत गरिने विद्यालयका खेल संयोजक मिलन रानाले बताए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।