कावासोती ८ मा यी हुन् गठबन्धनका उम्मेद्वारहरू

कावासोती । बैशाख २२ ।

कावासोतीमा चुनावी सरगमी बढिरहेको छ । विभिन्न दलका उम्मेद्वारहरु घरदैलोमा व्यस्त रहेका छन् । कावासोतीका धेरै जसो वडामा नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन रहेको छ भने एमालेले एक्लै लडिरहेको छ । नेपाली काँग्रेसको मेयरको उम्मेद्वार महेन्द्र पोख्रेलको वडा रहेको वडा नं. ८ मा गठबन्धन एकमतले लागिरहेको छ । वडाअध्यक्षको रुपमा नेपाली काँग्रेसबाट आनन्द गुरूङ्ग रहनु भएको छ जो यस अघि पनि अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
त्यसैगरी नेपाली काँग्रेसबाट नै महिला वडा सदस्यमा भिममाया सापकोटा पंगेनी, दलित महिला सदस्यमा केशमाया बिक र खुल्ला वडा सदस्यमा भवि प्रसाद भट्टराई रहनु भएको छ । त्यस्तै अर्का खुल्ला सदस्यमा नेकपा माओवादी केन्द्रबाट दिनेश पराजुली रहनु भएको छ ।
कावासोती नगरपालिकामा काँग्रेसबाट नगर प्रमुख पदमा महेन्द्र पोख्रेल र नगर उपप्रमुखमा पतिराम थनेत रहनु भएको छ ।
कावासोती ८ मा हिजाे भएको गठबन्धनको घरदैलोको केही तस्बिरहरु ( फोटो फिचर )
