Shivam

अनेरास्ववियु देवचुलीले सुरु गर्यो मतदान शिक्षा

0
Burger

 देवचुली । बैशाख २४ ।
अनेरास्ववियु देवचुली नगर कमिटीले आसन्न स्थानीय तहको निर्वाचनको प्रचारप्रसार तीव्र भए सँगै नगर भित्र रहेका आम मतदाताहरुलाई सहि तरिकाले कसरी मतदान गर्न सकिन्छ भन्ने बारे गाउँ गाउँमा गएर सिकाएको  छ।                   स्थानीय तहको निर्वाचनको रौनक बढेको तर आम सर्वसाधारण मतदाताहरुलाई मत कसरी हाल्ने भन्ने कुराको ज्ञान नहुदा धेरै मत बदर हुने डर भएकोले सो शिक्षा सुरु गरेको अनेरास्ववियु देवचुली नगर कमिटि अध्यक्ष शिशिर गैरेले बताउनु भयो।
साथै अनेरास्ववियु देवचुली नगर कमिटीले आम मतदातालाई कुनै पनि डर,धम्की, लोभ प्रलोभनमा नपरी इमानदार र भिजन भएका उम्मेदवारलाई मतदान गर्न समेत अनुरोध गरेको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।