सुशासन, विकास र समृद्धिको बाटो शहीदप्रतिको सच्चा श्रद्धाञ्जली


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् । सहिद दिवसका अवसरमा बुधबार शुभकामना दिँदै उनले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका हुन् ।
