सरकारका काममा आलोचना गर्ने कुनै ठाउँ छैन : प्रधानमन्त्री


काठमाडौं । संघीय संसद अन्तर्गत शुक्रवारबाट प्रतिनिधि सभाको हिउँदे अधिवेशन सुरु भएको छ । बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा आलीले सरकारले आलोचना गर्ने काम नगरेको बताएका छन् ।
उनले प्रतिपक्षदलहरुबाट रचनात्मक ओलाचना गर्न आग्रह समेत गरे । साथै कपोकल्पित कुरा गर्नु अनुचित नभएको समेत उनले बताए । उनले आफु पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने समेत बताए ।
साथै प्रधानमन्त्री ओलीले संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट संसद् मुक्त भएको बताए । प्रधानमन्त्री ओलीले जनताको भरोसा र संसद्को दृढताले भरिएको आत्मविश्वास लिएर आफू सदनमा उपस्थित भएको उल्लेख गरे ।
उनले मुलुकलाई समृद्ध बनाउन थालिएका विकास निर्माणका काम सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताउँदै महत्वपूर्ण आयोजनाको प्रगति प्रस्तुत गरे ।
प्रधानमन्त्री ओलीले हालै सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ हुनु एक उपलब्धि भएको उल्लेख गर्दै सडक यात्राको असुरक्षा घटाउन र पूर्वाधारलाई दिगो बनाउन सुरुङ मार्गको योजना अगाडि बढिरहेको बताए ।
