भ्रष्टाचार, कालोबजारी र महंगीबिरुद्ध संयुक्त प्रदर्शन


काठमाडौं । नेपाल समाजवादी युवा संघ लगायतका संगठनहरुले भ्रष्टाचार, कालोबजारी र महंगीबिरुद्ध प्रदर्शन गरेका छन्
शुक्रवार काठमाडौंको माईतीघरमा योङ कम्युनिष्ट लिग नेपाल, युवा संघ नेपाल, युवा संगठन नेपाल र नेपाल समाजवादी युवा संघ लगायतका संगठनहरुले ब्यानरसहित बिरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले सुशासन कार्यान्वयन गर्, मिटरब्याजी समस्या तुरुन्त समाधान गर, नेकपा र राज्यबीच भएको ३ बुँदे सहमति कार्यान्वयन गर लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका हुन् ।
