प्रतिनिधिसभामा छ वटा अध्यादेश पेश

काठमाडौं । प्रतिनिधिसभामा छ वटा अध्यादेश पेश भएका छन् । शुक्रवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गरे ।
