धादिङ तीर्थयात्री सवार बस दुर्घटनाका मृतक र घाइतेको परिचय खुल्यो

काठमाडौं । भक्तपुरबाट चितवनको देवघाट जाँदै गरेको तीर्थयात्री बोकेको बस आइतबार राति धादिङको थाक्रे गाउँपालिका-७ सातकिला नजिक दुर्घटनामा परेको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
राति करिब १० बजे बा ३ ख ८९२३ नम्बरको बस आफैं अनियन्त्रित भई पृथ्वीलोकमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा परी दोलखा भिरकोटकी ५० वर्षीया पार्वती काफ्लेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेपाल प्रहरी अस्पताल, महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, १४ जनाको अवस्था मध्यम र ७ जनाको अवस्था सामान्य रहेको छ । उनीहरूलाई धादिङको साइबाबा अस्पताल, काठमाडौंको बाँसबारी न्युरो अस्पताल, ट्रमा सेन्टर, र नेपाल प्रहरी अस्पताल मा उपचारका लागि लगिएको छ ।
घाइतेहरूको सूची :-
साइबाबा अस्पताल धार्के, धादिङमा उपचाररत:
जित बहादुर मगर (३६ वर्ष, दोलखा, बस चालक) -टाउको/हातमा चोट, अवस्था मध्यम
बाँसबारी न्युरो अस्पताल, काठमाडौंमा उपचाररत:
शान्ता अधिकारी (५३ वर्ष, ललितपुर) -टाउकोमा चोट, अवस्था गम्भीर
जानुका हुमागाईं (६८ वर्ष, जोरपाटी, काठमाडौं) -टाउकोमा चोट, अवस्था गम्भीर
शिवप्रसाद हुमागाईं (जोरपाटी, काठमाडौं) -टाउकोमा चोट, अवस्था मध्यम
समिता हुमागाईं (४२ वर्ष, जोरपाटी, काठमाडौं) -मुखमा चोट, अवस्था सामान्य
पवित्रा रावत (४६ वर्ष, महालक्ष्मी, ललितपुर) -टाउको/हातमा चोट, अवस्था मध्यम
नेपाल प्रहरी अस्पताल महाराजगंज, काठमाडौंमा उपचाररत:
राधिका काफ्ले (५० वर्ष, दोलखा) -भित्री चोट, अवस्था मध्यम*
सबिना काफ्ले (२८ वर्ष, जोरपाटी, काठमाडौं) -अवस्था सामान्य
कृष्ण प्रसाद काफ्ले (५५ वर्ष, भक्तपुर, पूर्व प्रहरी निरीक्षक) -ढाड, छाती, खुट्टामा चोट, अवस्था मध्यम
सावित्री ढकाल (४४ वर्ष, भक्तपुर, प्रहरी कार्यालय सहयोगी) -शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम
सूर्य प्रसाद काफ्ले (भक्तपुर, पूर्व प्रहरी निरीक्षक) -बायाँ हातमा चोट, अवस्था मध्यम
गोमा काफ्ले (४४ वर्ष, प्रहरी कार्यालय सहयोगी, CIB लाम्जिमपाट, काठमाडौं) -शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम
धिरज काफ्ले (२८ वर्ष, भक्तपुर) -अवस्था सामान्य
चमेली भण्डारी (वतन/उमेर अज्ञात) -भित्री चोट, अवस्था मध्यम
राम चौलागाईं (वतन/उमेर अज्ञात) -भित्री चोट, अवस्था मध्यम
ट्रमा सेन्टर काठमाडौंमा उपचाररत:
जमुना काफ्ले (२६ वर्ष, दोलखा, तामाकोशी) -टाउको, दुबै हात, कम्मरमा चोट, अवस्था मध्यम
अम्बिका काफ्ले (३८ वर्ष, दोलखा, तामाकोशी) -टाउको, पेट, छातीमा भित्री चोट, अवस्था मध्यम
डण्डापानी काफ्ले (५२ वर्ष, दोलखा) -कानमा चोट, अवस्था मध्यम
नर बहादुर ओली (८३ वर्ष, दोलखा) -छाती र अनुहारमा चोट, अवस्था गम्भीर
गीता भण्डारी (भक्तपुर, सूर्यविनायक) -अवस्था सामान्य
मैना नेपाल (५० वर्ष, भक्तपुर, सूर्यविनायक) -अवस्था सामान्य
नारायणप्रसाद अधिकारी (४५ वर्ष, ललितपुर) -हात/खुट्टामा चोट, अवस्था मध्यम
हरी प्रसाद काफ्ले (३१ वर्ष, दोलखा, तामाकोशी) -अवस्था सामान्य
उपचारका लागि काठमाडौं पठाइएका तर सम्पर्क नभएका घाइतेहरू:
बिमोचन सापकोटा (२७ वर्ष, रामेछाप, सह-चालक) -गालामा चोट, अवस्था सामान्य 📞 ९७६८४०५१८५
