Shivam

तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर वैचारिक नेताको भूमिकामा बस्ने बाबुरामको चाहना

0
Burger

काठमाडौं । नेपाल समाजवादी पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव गरेका छन् ।

उनले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने प्रस्ताव गरेका हुन् । डा. भट्टराईले नेतृत्व हस्तान्तरण गरेर वैचारिक नेताको भूमिकामा बस्न चाहेको बताएका हुन् ।

पार्टीको प्रथम महाधिवेशन काठमाडौंमा जारी छ । महाधिवेशन चलिरहेका बेला डा. भट्टराईले तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव गरे ।

उनले सचिवालय बैठकमा आफू वैचारिक नेताको भूमिकामा बस्न चाहेको बताएका थिए ।

पार्टी प्रवक्ता कृष्ण शर्माका अनुसार सचिवालय बैठकमा अधिकांश नेताहरूले अहिले नै नेतृत्व हस्तान्तरण गर्ने बेला नभएको बताएका थिए । डा.भट्टराई भने अहिले आन्तरिक छलफलमा रहेको प्रवक्ता शर्माले बताए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।