Shivam

देशमा इमानदारिताको खडेरी लाग्यो : सांसद आलेमगर

0
Burger

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले देशमा इमानदारिताको खडेरी लागेको बताएका छन् ।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशमा इमानदारिता आवश्यक रहेको बताए । उनले देशलाई अगाडि बढाउन र समृद्धि ल्याउन उद्योगधन्दा, कलकारखाना विकास हुनुपर्ने बताए । तर नेपालमा कलकारखाना, उद्योधन्दाहरुलाई हतोत्साहित गर्ने प्रवृत्ति देखापरेको बताए ।

उनले भने ‘इमानदारिताको खडेरी यो देशमा परेको छ । इमानदार चाहियो । देशलाई अगाडि बढाउने हो भने, निश्चित रुपमा समृद्धि ल्याउने हो भने, निश्चित रुपमा उद्योगधन्दा, कलकारखाना विकास हुनु पर्दछ । तर हाम्रो देशमा त्यस्तो भएको छैन । कलकारखानाहरूलाई, उद्योधन्दाहरुलाई हतोत्साहित गर्ने प्रवृत्ति यो देशमा देखापरेको छ ।’

उनले माओवादीले गरेको आन्दोलन राजनीतिक घटनाक्रम भएको बताए । माओवादी जनयुद्ध पनि राजनीतिक गतिविधि भएको बताए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।