बबरमहलमा मेलम्चीको पाइप फुट्यो, सरकारी कार्यालयमा डुबान


काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ ।
काठमाडौं जिल्ला अदालत अगाडि मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको हो ।
मेलम्ची खानेपानीको मुख्य पाइप नै फुटेपछि अहिले बबरमहल आसपास रहेका सरकारी कार्यालय डुबानमा परेका छन् ।
वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ ।
अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।
