Shivam

विद्यालय बस दुर्घटना (अपडेट) : २७ जना डिस्चार्ज, एकलाई मेडिसिटी लगियो

0
Burger

काठमाडौँ । काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ५ कात्तिकेस्थित साँखु सडक खण्डमा भएको विद्यालय बस दुर्घटनामा घाइते २७ जनाको डिस्चार्ज भएको छ ।

बुधवार (हिजो) साँझ विद्यालय बस ‘ब्रेक फेल’ भई उक्त स्थानमा विद्यालय बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये २७ जनाको डिस्चार्ज भएका हुन् ।

अन्य १६ जना घाइतेको उपचार जारी छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको उनले बताए । उनले उक्त गम्भीर घाइतेको थप उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको बताए ।

चाबहिलस्थित एसएस एकेडेमीको बा२ख ७९५८ नम्बरको बस नगरकोटमा पिकनिक मनाएर फर्किरहेको अवस्थामा हिजो दुर्घटना भएको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।