फेरि बढ्यो सुनको मूल्य, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुन प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको हो ।

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुन प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन १ लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य १५ रुपैयाँले बढेर १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।