मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज, पोखरा फर्केर काममा फर्कने घोषणा


काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले १२ दिनको अस्पताल बसाइपछि नियमित काममा फर्कने घोषणा गरेका छन् । गत हप्ता ‘पोखरा भ्रमण वर्ष २०२५’को औपचारिक घोषणा समारोहका क्रममा भएको प्राविधिक त्रुटिका कारण उपप्रधानमन्त्री र अर्थमन्त्री माननीय विष्णु पौडेलसँगै आचार्यलाई जलनको समस्या भएको थियो। त्यसपछि उनीलाई किर्तिपुर अस्पताल, काठमाडौंमा भर्ना गरिएको थियो ।

