Shivam

तारा एयरको सम्पर्कविहीन जहाज खोज्न सेनाको एमआई–१७ हेलिकप्टर परिचालन

0
Burger

तारा एअरको नाइन एन-एइटी जहाज जोमसोमतर्फ जाने क्रममा आइतबार बिहान सम्पर्कमा नआएपछि खोजीको लागि पठाइएको हेलिकप्टर खराब मौसमको कारण मुस्ताङ फर्किएको छ । आज विहान उक्त जहाज पोखराबाट ९ः ५५ बजे जोमसोमतर्फ जाने क्रममा सम्पर्कविहीन भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हराइरहेको तारा एयरको विमान उडेको १२ मिनेटसम्म सम्पर्कमा रहेको थियो ।जहाजमा ३ चालक दलका सदस्यहरु,१९ यात्रु रहेकोमा १३ जना नेपाली, ४ जना भारतीय र २ जना तेश्रो मुलुकका भएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः ०७ वजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो ।जहाजको खोजीको लागि नेपाली सेनालाई पनि पठाइएको छ ।बेपत्ता जहाज खोज्न नेपाली सेनाको एमआई–१७ हेलिकप्टर जोमसोमका लागि उडेको नेपाल प्रहरीका प्रवक्ता विष्णु केसीले बताए ।

यी हुन चालक दलका सदस्य र यात्रुहरु

विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा थिइन् ।

विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।