Shivam

काठमाडौं उत्सव : कविहरुले गुन्गुनाए कविता

0
Burger

काठमाडौं । कला, साहित्य र पर्यटनसम्बन्धी काठमाडौं उत्सव सुरु भएको छ ।

शुक्रवार काठमाडौंको पर्यटन बोर्डमा उत्सव सुरु भएको हो । राष्ट्रिय कला साहित्य प्रतिष्ठानको आयोजनामा उत्सव सुरु भएको हो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, वरिष्ठ साहित्यकार वैरागी काइँला, अनुप बराल लगायतका साहित्यकारहरूको उपस्थिति रहेको छ ।

उत्सवले साहित्य,सम्पदा, सभ्यता, पहिचानलाई उजागर गरी संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।

यस किसिमका उत्सवहरू देशका विभिन्न कुना कन्दराहरुमा पनि हुन जरुरी रहेको साहित्यकारहरूको भनाइ छ । सो अवसरमा साहित्यकारहरूले आफ्ना सिर्जना वाचन गरेर सुनाएका थिए ।

साहित्यकारहरूले साहित्यमार्फत देशको संस्कार, संस्कृति, सभ्यता, पहिचानलाई प्रवद्र्धन गर्न जरुरी रहेको बताए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।