पूर्वराजाको स्वागतमा राप्रपा अध्यक्ष लिङ्देन नजाने


काठमाडौं । पोखराबाट काठमाडौं फर्किंदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राजावादीहरुले काठमाडौंमा विशेष तयारी गरेका छन् । राजावादी समर्थक तथा विभिन्न राजनीतिक दल र संघसंस्थाहरुको पहलमा भव्य र्यालीको आयोजना गरिएको हो ।
