Shivam

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

0
Burger

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।